२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिमा बाला चतुर्दशी पर्वको तयारी पूरा



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वको तयारी पूरा भएको जानकारी दिएको छ। कोषका अनुसार, पर्वका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापन लगायत आवश्यक तयारी सकिएको छ।

बाला चतुर्दशी पर्वमा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको दिन बेलुकी दिवंगत पितृको सम्झनामा बत्ती प्रज्वलन गर्ने परम्परा रहेकाले, यस वर्ष मंगलबार रातभर दीप प्रज्वलन गर्ने व्यवस्था गरिएको छ। बुधबार बिहान भने शतबीजारोपण गरिने छ।

पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुलाई मन्दिर प्रांगण, मुख्य क्षेत्रभित्र र ढुंगा छापेको वा पीच गरिएको स्थानमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न आग्रह गरेको छ।

यो पर्वमा आमा-बुबा, दाजुभाइ वा आफन्तको सम्झनामा दीप प्रज्वलन र शतबीजारोपण गर्दै पितृस्मरण गरिन्छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, मंगलबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।