२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटनामा युवकको मृत्यु



काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, बिहिबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।