२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चित अभिनेता सौगात मल्लको अबको चलचित्र ‘बब डाई’



काठमाडौँ
चर्चित अभिनेतासौगात मल्ल चलचित्र ‘बब डाई’को छायांकन सुरु भएको छ ।
फरक चरित्रमार्फत चलचित्र क्षेत्रमा चर्चा कमाईरहेका अभिनेता एक नेवार युवकको चरि निभाउने भएका छन् ।
चलचित्रमा काठमाडौंक्ँे किर्तिपुरको कथा रहेको छ । चलचित्रलाई प्रबिन श्रेष्ठले निर्देशन गरिरहेका छन् ।
यो चलचित्रको गएको सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको हो । चन्द्रागिरीबाट छायांकन सुरु भएको बब डाईको ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौंको किर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ ।

चलचित्रको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, ुखासमा बब डाई भनेको बब दाई हो । नेवारी ट्युनमा दाईलाई डाई भनिने भएकाले नाममा त्यसरी राखेका हौं ।ु उनका अनुसार ुबब डाईुको भूमिकामा सौगात मल्ल देखिनेछन् ।

चलचित्रमा सौगात मल्लसँगै, सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पन्डितको अभिनय रहनेछ ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने प्रबिन १२ बर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार

चलचित्रमा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ । चलचित्रको मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् भने सहायक निर्देशकमा दिनेश बहादुर राउत छन् । चलचित्रलाई श्याम तामाङको टिमले खिच्दै छ भने प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन् ।
निरपेश रुपाखेती कास्टिङ डिरेक्टरको रुपमा छन् भने सुरेन्द्र महर्जन प्रोडक्सन म्यानेजर हुन् । पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ । चलचित्रमा कोरियोग्राफी सृष्टि महर्जनको छ भने सहायक निर्देशनमा बिवेक राज भट्ट र आयुष दाहाल पनि छन् । फिल्मका राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शुक्रबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।