२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्तिलोकपथ ६ घण्टापछि खुल्यो



काठमाडौं । कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदीमा सडक नै बन्द हुने गरी शनिबार बिहान पल्टिएको ट्रक हटाउन ६ घण्टा लागेको छ।

प्रहरीका अनुसार ट्रक हटाएपछि सडक खुलेको छ। वीरगन्जबाट औषधि लिएर काठमाडौँ जाँदै गरेको ट्रक शनिबार बिहान ५ बजेतिर कान्तिलोकपथअन्तर्तग मकवानपुरको भीमफेदी गाउँपालिका-८, बगुवास्थित कान्तिलोकपथमा पल्टिँदा दुवैतर्फ यातायात बन्द भएको थियो।

ब्रेक फेल भएर पल्टिएको ना ३ ख ३१९२ नम्बरको ट्रक पल्टिँदा ६ घण्टासम्म कान्तिलोकपथ बन्द भएको थियो। बगुवामै रहेको क्रसर उद्योगको जेसीभीको सहायताले ट्रक हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।

प्रकाशित मिति : ७ मंसिर २०८२, शनिबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।