२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोटेश्वर सडकमा बसको ठक्करपछि सहचालकको निधन



काठमाडौं
काठमाडौंको कोटेश्वर सडकमा बसको ठक्करपछि गुडिरहेको बसको सहचालकको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर चोकस्थित सडकमा बा.३ ख ७३८७ नम्बरको बसको ठक्करपछि सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो निधन भएको हो ।
गुडिरहेको बसबाट खसेपछि सोही बसको ठक्करपछि गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
सो दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको जानकारी दिएकोे छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, आइतबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।