१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


अस्पतालअगाडि मिनीट्रकको ठक्करबाट घाइते बृद्धको ज्यान बचाउन सकिएन



काठमाडौँ

अस्पतालअगाडि मिनीट्रकको ठक्करबाट घाइते बृद्धको ज्यान गएको छ ।

काठमाडौँको गोर्कणेश्वर नगरपालिका ६ शङ्खरापुर अस्पताल अगाडि मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको हो ।

डोल्पा जिल्ला काईके गाउँपालिका–५ घर भई हाल काठमाडौँ नारायणटार बस्ने ७३ वर्षीया अमन्नी थापाको उपचारका क्रममा आज निधन भएको उपत्यका टाफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

भने, “शङ्खरापुर अस्पताल अगाडि बा १ क २४४६ नम्बरको निजी मिनीट्रकले बाटो काटिरहेको अवस्थामा निज पैदलयात्री थापालाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उहाँको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।”

ठक्कर दिने मिनीट्रक चालक भक्तपुर मध्यपुर नगरपालिका ८ बस्ने ५५ वर्षीय सुरामान शाहुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरेको प्रवक्ता सुवेदीले बताएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८२, शनिबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।