२२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


२०८२ को सर्वाधिक व्यापार गर्ने फिल्म बन्यो परान: ग्रस कमाइ १६ करोड



काठमाडौं । निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’ निर्देशित चलचित्र परान ले घरेलु बक्सअफिसमा १६ करोड १६ लाख ७७ हजार ५५८ रुपैयाँ ग्रस कमाइ गरेको छ। कात्तिक १४ गते प्रदर्शनमा आएको यो चलचित्रले एक महिनामा ५ लाख ६९ हजार ७५४ टिकट बिक्री गरिसकेको छ। यससँगै परान २०८२ सालको हालसम्मकै सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।

त्यस्तै, चौथो हप्तामा प्रदर्शन भइरहेको जारी २ ले २ लाख ६ हजार २३९ टिकट बिक्री गर्दै ६ करोड १९ लाख ३५ हजार ८५३ रुपैयाँ कलेक्सन गरेको छ।

साथै, मनबिनाको धन ले शनिबारसम्म १ लाख ४३ हजार ३३५ टिकट बिक्री गर्दै ३ करोड ७४ लाख ९१ हजार ४६१ रुपैयाँ कलेक्सन गरेको छ।

अनमोल केसी अभिनीत जेरी अन टप ले १२ करोड २३ लाख ५२ हजार ३१५ रुपैयाँको व्यापार गरेको छ। यो चलचित्रले शनिबार राति १२ बजेसम्म ३ लाख ९० हजार ९०४ टिकट बिक्री गरेको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, सोमबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।