२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर लुभुका दीपेन्द्र केसीको शव उदयपुरको कटारी भीरमा फेला



ललितपुर

तीनदिनदेखि सुमो गाडीसहित वेपत्ता भएका ललितपुर महालक्ष्मी ८ , लुभुका अन्दाजी ३४ वर्षिय दिपेन्द्र केसीको शव उदयपुरको कटारी –१४ पाखेमारा भीरमा भेटिएको छ । ईलाका प्रहरी कार्यालय कटारीका अनुसार सोमबार साँझ सडकबाट अन्दाजी १ किलोमिटर तल सुमो क्षतिग्रस्त रुपमा भेटिएको थियो ।

क्षतिग्रस्त सुमोसँगै केसीको शव भेटिएको हो । प्रहरीले मध्यराति नै भीरबाट शव निकालेर पोष्टमार्टमका लागि आज विहान कटारी अस्पत्ताल ल्याएको छ । ना १ ज ५८१२ नम्बरको सुमो लिएर शनिबार १३ मंसिरमा केसी उदयपुरको ताप्ली गाउँपालिका रुपाटार जान्छु भनेर हिंडेका थिए ।

केसी रुपाटारमा बिवाहका लागि जन्ती जान रिजर्भ भएकाले एक्लै सुमो लिएर निस्किएका थिए । शनिबार राती सिन्धुलीको खुर्कोट प्रहरी बिटमा ईन्ट्री गरेर गएका केसी रातिदेखि सम्पर्क विहिन भएका थिए । उनी कटारी १४ घुर्मी नजिकसम्म आईपुगेको जानकारी गराएपछि वेपत्ता भएका थिए ।

फोन लाग्ने तर नउठ्ने भएपछि स्थानीय र प्रहरीलगायतले कटारी. १४ आसपासमा खोजी तिव्र बनाएका थिए । खोजीका क्रममा सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको पाखेभीरमा उनको शव फेला पारेको हो । केसी रातीको १२ बजेतिर दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीको छ । पाखेभीर आसपास गाउँ नभएको र अनकण्टार भीर भएकाले घटनाबारे कसैले पनि थाहा पाउन सकेका थिएनन् । खोजीको क्रममा सडकमा टायर धसिएको पाईएपछि स्थानीय र प्रहरीले भीरमा खोजी केन्द्रित गर्दा सुमोको पाटपुर्जा र जुत्ता भेटिएपछी शव र सुमो क्षत विक्षत रुपमा फेला परेको हो ।

 

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।