२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एकान्तकुनामा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु, दुई मोटरसाइकल ठोक्किए



ललितपुर । ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा पिकअपले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार राति यातायात कार्यालय अगाडी एकान्तकुनाबाट सातदोबाटो जाँदै गरेको प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिक अपले बाटो काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिएको हो । पिकअपले पैदल यात्रीलाई ठक्कर दिएपछि पैदल यात्री विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३१ च ४०४२ नम्बरको निजी कारमा ठोक्किन पुगिन् ।

पैदल यात्रुलाई ठक्कर दिएपछि रोकिएको पिकअपको पछाडिबाट दुई वटा मोटरसाइकल ठोक्किएको छ । ना.५७ प ३९२१ नम्बरको मोटरसाइकल र प्रदेश–२–०२–००४ प ७२४६ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ । ३९२१ नम्बरको मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका–३ घर भएका अनुराग प्रसाद कुशुहवा घाइते भएका छन् ।

पिकअप चालक सिन्धुलीको सुनकोसी गाउँपालिका–६ घर भएका १९ वर्षीय हेमराज विक, कार चालक २८ वर्षीय सुशान्त महर्जन र ७२४६ नम्बरको मोसा चालक धनुषा घर भएका १९ वर्षीय सुमित शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।