१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति राजमार्गको सडक खण्ड ६० दिनका लागि बन्द हुने



काठमाडौँ । कान्ति राजमार्गको सडक स्तरोन्नति कार्यका कारण सडक खण्डमा सवारी सञ्चालन अस्थायी रूपमा बन्द गरिने भएको छ।

सडक योजना अन्तर्गत मकवानपुर जिल्लाको वकैया गाउँपालिका–११, सिमात खोला घुम्ती, ललितपुर जिल्लाको बागमती गाउँपालिका–२, तामाखानी, ऐ.३ पाङ्दुर भिर, कार्किवास लगायतका क्षेत्रमा Road Widening र Cutting कार्य हुने हुँदा मिति २०८२-०८-२० देखि ६० दिनसम्म बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहने छ।

सडक स्तरोन्नति कार्यका कारण यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न र समय अनुसार यात्रा योजना बनाउन नेपाल प्रहरी तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : २० मंसिर २०८२, शुक्रबार  ५ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।