१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनय र मोडलिङपछि पल शाह अब समाजसेवामा, ‘हामी छौं फाउन्डेसन’ स्थापना



काठमाडौं । अभिनेता तथा मोडल पल शाह समाजसेवामा सक्रिय हुने उद्देश्यले सामाजिक संस्था ‘हामी छौं फाउन्डेसन’ स्थापना गरेका छन्। शनिबार सार्वजनिक गरिएको संस्थाले शिक्षा, स्वास्थ्य तथा समुदायका विभिन्न कल्याणकारी कार्यमा केन्द्रित भएर काम गर्ने लक्ष्य लिएको छ।

शाहका अनुसार दुर्गम तथा सेवामा पहुँच नपुगेका जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, आर्थिकरूपमा कमजोर र बञ्चित विद्यार्थीलाई छात्रवृत्ति प्रदान, विपद् व्यवस्थापनका क्रममा तत्काल राहत उपलब्ध गराउनेजस्ता कार्यक्रमलाई संस्थाले प्राथमिकता दिनेछ।

फाउन्डेसनको औपचारिक घोषणासँगै शंखमुलस्थित सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो, जुन संस्थाको पहिलो कार्यक्रम हो।

कार्यक्रममा बोल्दै शाहले समाजसेवामा जोडिन लंबे समयदेखि इच्छा रहेको बताए। “काठमाडौं आएदेखि मेरो सपना थियो– आफ्नै फाउन्डेसनबाट समाजसेवा गर्न पाऊँ,” उनले भने, “५/७ वर्षदेखि सुरु गर्न चाहेको थिएँ, तर अब आएर दर्ता भएर सपना पूरा भयो।”

सो अवसरमा संगीतका १५ विद्यार्थीलाई १ वर्षको छात्रवृत्ति उपलब्ध गराइने घोषणा पनि गरिएको छ। शाहले फिल्मबाट प्राप्त हुने पारिश्रमिकको १० प्रतिशत रकम समाजसेवामा खर्चिने प्रतिबद्धता जनाए। पल शाह अभिनीत पछिल्लो फिल्म ‘मोहर’ बक्स अफिसमा सफल भएको थियो।

प्रकाशित मिति : २२ मंसिर २०८२, आइतबार  २ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।