२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलमा निर्माणाधीन रेष्टुरेन्टमा आगलागी



काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित बुधबारे गल्लीमा निर्माणाधीन ‘वर्क इट पप’ रेष्टुरेन्टमा आज बिहान आगलागी भएको छ। प्रहरीले जानकारी अनुसार बिहान करिब १०ः३० बजे विद्युत् सर्ट भई आगलागी भएको हो।

प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीका अनुसार आगो सुरु भएको करिब ४५ मिनेटपछि नियन्त्रणमा ल्याइएको हो। आगो निभाउन नेपाल प्रहरी र काठमाडौं महानगरका दुईवटा दमकल परिचालन गरिएको थियो।

अहिले आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको र पूर्ण विवरण आइसकेपछि सार्वजनिक गरिने डीएसपी भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : २२ मंसिर २०८२, आइतबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।