१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्रोत नखुलेको ५७ लाखसहित काठमाडौंबाट एक पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट स्रोत नखुलेको ५७ लाख रूपैयाँसहित एकजना पक्राउ परेका छन्। कुलेश्वरमा डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ का ३४ वर्षीय सरोज श्रेष्ठलाई आइतबार दिउँसो २० लाख नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टाेलीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा स्रोत नखुलेको थप ३७ लाख ४७ हजार ३५० रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, आइतबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।