२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिनामंगलमा असईद्वारा आफ्नै ६ महिने बालकको हत्या



काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित ओम नगर मार्गमा एक प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै ६ महिनाको छोराको मृत्यु गराएको घटनापछि पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत असई पुष्कर कार्की आइतबार साँझ घटनापछि फरार भएका थिए।
भाग्दै गरेको अवस्थामा उनी चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकपोइन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटनाको क्रममा पत्नी पनि घाइते भएकी थिइन्। छिमेकीहरूले उनलाई तत्काल उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएका थिए, जहाँबाट पछि प्रहरी अस्पतालमा रिफर गरिएको छ।

आरोपी घटनापछि पूर्वतर्फ जाने बसमा यात्रा गरिरहेका अवस्थाबाट समातिएका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, सोमबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।