भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुन्जे कोलडाँडामा रहेको सुशील थापाको घरबाट आइतबार राति करिब ३८ लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
थापाका अनुसार चोरीमा सुनका विभिन्न गरगहना र नगद समावेश छन्। प्रहरीले ठूलो मात्रामा नगद तथा धनमाल चोरी भएको पुष्टि गरेको छ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको भए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्। स्थानीय प्रशासन र प्रहरी थप अनुसन्धान गर्दैछ र चोरी गर्ने व्यक्तिहरूलाई छिट्टै समात्ने प्रयास भइरहेको जनाएको छ।








प्रतिक्रिया