२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी तथा लुटपाट गर्नेको भिडियो फुटेज फेला



ललितपुर । प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको घरमा आगजनी गर्ने समूहको पहिचान र खोजीलाई तीव्र बनाएको छ। भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी तथा लुटपाट भएको घटनासम्बन्धी भिडियो फुटेज प्रहरीले फेला पारेपछि पहिचान प्रक्रिया अघि बढाइएको हो।

ललितपुर प्रहरीले फुटेजमा देखिएका केही युवाको परिचय निर्धारण गर्ने कार्य सम्पन्न गर्दै उनीहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक कारबाही सुरु गरेको जनाएको छ। सोही समूहले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको घरमा समेत आगजनी गरेको प्रहरीले बताएको छ।

भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई पछिल्लो समय प्रहरीले पक्राउ गर्दै अनुसन्धान अघि बढाइरहेको छ। प्रहरीको भनाइअनुसार गभर्नर पौडेलको घरमा आगजनीमा संलग्न केही व्यक्तिहरूको पहिचान भइसकेको छ र बाँकी सहभागीको खोजी जारी छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, सोमबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।