२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीका १५ वटा फर्ममा अनुगमन, चार वटालाई जरिवानासहित कारबाही



काठमाडौँ
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न १५ वटा फर्ममा अनुगमन गरेको छ ।
चार वटा उद्योग एवं फर्मलाई कारबाही गरेको छ । विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार जरिवानासहित कारबाही गरेको हो ।
नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको विभागले भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान रु १० हजार जरिवानासहित कारबाही गरेको छ । त्यस्तै, काठमाडौँ महानगरपालिका १६ मा रहेको इमरान रेडिमेडलाई पनि रु १० हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ को ‘घ’ को कसुरमा कारबाही गरिएको विभागले जनाएको छ ।
सोमबार विभागले त्यसमध्ये ११ वटालाई सामान्य निर्देशन दिइ व्यवसायमा आवश्यक सुधार गर्न, कानुन परिपालना गर्न निर्देशन दिइएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।