१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेनजी प्रदर्शनका क्रममा फरार कैदीबन्दी मनमैजुबाट पक्राउ



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा, सिरानचोक–८ का २२ वर्षीय सुविन गुरुङलाई काठमाडौँ तारकेश्वर–मनमैजुबाट समातेको प्रहरीले जनाएको छ।

प्रदर्शनको भीडझमेलकै बेला फरार भएका गुरुङ लुकीछिपी मनमैजु क्षेत्रमा बस्दै आएको सूचनाका आधारमा पक्राउ गरिएको हो। वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार सोमबार पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागारमा पेस गरिएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।