काठमाडौं । नागार्जुन नगरपालिका–४ मा पर्सा वीरगंज महानगरपालिका–२ घरभएकी २८ वर्षीया रुबिना खातुनको कोठाबाट सुनका गरगहना र नगदसहित करिब ५ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीका अनुसार चोरीको घटना मंगलबार दिउँसो घटेको हो। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजी भइरहेको छ। साथै, प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ र चोरीमा संलग्न व्यक्तिलाई छिट्टै पक्राउ गर्ने प्रयासमा रहेको जनाएको छ।







प्रतिक्रिया