काठमाडौं । कालीमाटीस्थित तरकारी बजार व्यवस्थापन समितिको भवन तोडफोड र आगजनी घटनामा संलग्न दुई जना प्रतिवादीलाई कारागार चलान गरिएको छ।
काठमाडौँ महानगरपालिका–१३ का ४१ वर्षीय विजय लामा र टंकेश्वरका ३४ वर्षीय राजेन्द्र श्रेष्ठलाई अदालतको आदेशअनुसार मंगलबार जेल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए। उनीहरूलाई सुनधारा स्थित केन्द्रीय कारागारमा थुनामा राखिएको छ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कालीमाटी तरकारी बजारभित्र रहेको प्रशासनिक भवनमा आगजनी र तोडफोड भएको थियो। प्रहरी अनुसन्धानअनुसार उक्त घटनामा लामा र श्रेष्ठ प्रत्यक्ष संलग्न रहेका थिए।
प्रहरीका अनुसार विजय लामा यसअघि पनि विभिन्न उच्छृङ्खल गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्।







प्रतिक्रिया