१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २२ घाइते



काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा आज बिहान बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

डडेल्धुराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट तल खोलामा खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना बिहीबार बिहान करिब ३ बजे भएको हो। बसमा कुल ३८ जना सवार थिए।

दुर्घटनापछि घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल लगिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा बस चालकको बयान अनुसार बसको पट्टा भाँचिएपछि अनियन्त्रित भएर पुलबाट तल खसेको देखिएको बताए। दुर्घटनाको पूर्ण कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, बिहिबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।