२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हेटौंडामा सर्वोच्चको आदेशविपरित जबरजस्ती सडक विस्तार भएको भन्दै ध्यानाकर्षण



काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सर्वोच्च अदालतको आदेशविपरित जबरजस्ती सडक विस्तार गरिएको भन्दै प्रभावित स्थानीयवासीले सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले कुनै पूर्वसूचना नदिई मध्यरातिमा घर–टहरा जेसिबीले भत्काइएको आरोप लगाउँदै मानव अधिकारसमेत उल्लंघन भएको दाबी गरे।

रास्वपाकी नेतृ बिन्दवासिनी कंसाकारले नम्बरप्लेटविहीन डोजर प्रयोग गरेर गैरकानूनी रूपमा नागरिकका घर भत्काइएको बताउँदै आपत्ति जनाइन्।
उनले भनिन्, “मानिस सुतिरहेको बेला सूचना नदिई घर भत्काइयो, यो खुला मानव अधिकार उल्लंघन हो। हेटौंडाका जनताका लागि राज्य कहाँ हो?”

हेटौंडा–१५ रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ति पुल तथा बुद्ध चोकदेखि सामरी पुलसम्म ९.५ किलोमिटर मार्गमा एसियन हाइवेको मापदण्डअनुसार २५–२५ मिटर खाली गराउने अभियानअन्तर्गत संरचना हटाउने काम भइरहेको छ। प्रशासनले करिब २२.५ मिटर (२५ गज) भित्र परेका संरचना डोजरमार्फत भत्काएको हो।

प्रकाशित मिति : २६ मंसिर २०८२, बिहिबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।