१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रानीबारीका दुई कवाडी केन्द्रमा डोजर, हटाउने अभियान तीव्र



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीबार रानीबारी क्षेत्रका दुई कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ। महानगर प्रहरीले टाउन प्लानिङ्ग क्षेत्रमा अवस्थित ती केन्द्रहरू बस्तीको बीचमै भएकाले जोखिम बढाउने भन्दै हटाउने कार्य गरेको हो।

महानगर प्रहरी बलका अनुसार आवासीय क्षेत्रमा कवाडी संकलन केन्द्र सञ्चालन हुँदा स्वास्थ्य जोखिम, आगलागीको सम्भावना र उच्च भीडभाडका कारण सम्भावित दुर्घटना हुनसक्ने हुँदा हटाइएको हो।

महानगरपालिकाले आफू मातहतका सबै कवाडी सङ्कलन केन्द्रहरूको विवरण संकलन गर्दै क्रमिक रूपमा हटाउने अभियान सञ्चालन गरिरहेको छ।

https://www.youtube.com/@lalitkhabar

तर, व्यवसायीहरूले भने यो कदमका विरुद्ध आवाज उठाउँदै आएका छन्। उनीहरूले व्यवस्थापनका वैकल्पिक स्थान नदिई केन्द्रहरू हटाइएको भन्दै आपत्ति जनाउँदै आएका छन्।

प्रकाशित मिति : २६ मंसिर २०८२, बिहिबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।