काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा ४९ वर्षीया पासाङ डोल्मा तामाङ बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।
नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार उनी डेराकोठामा बस्दै आएकी थिइन् र कोठामै मृत भेटिएको हो। प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको छ।
घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया