ललितपुर । खजुरीको नेपाल प्राइभेट लिमिटेडले उत्पादन गरेको पफ गुणस्तरहिन रहेको पुष्टि गर्दै बजारबाट फिर्ता लिन स्वीकार गरेको छ। कम्पनीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उत्पादन प्रक्रियामा गल्ती भएको र त्रुटी पाएपछि उक्त ब्याचमा उत्पादित सबै पफ फिर्ता लिएको जनाएको छ।
कम्पनीले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै सुधारिएको गुणस्तरीय पफ उत्पादन गरी बजारमा पठाएको समेत जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर, गोदावरी–१० स्थित उद्योगले उत्पादन गरेको ब्याच नम्बर बी १ थ्री ए र बी १ फाइभ ए का पफ तुरुन्त फिर्ता लिन र बिक्री नगर्न निर्देशन दिएको थियो। विभागले परीक्षणमा उक्त पफमा मानव स्वास्थ्यका लागि हानिकारक औद्योगिक ट्रान्स फ्याट निर्धारित सीमाभन्दा बढी भेटिएको उल्लेख गरेको छ।
विभागले यसलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गर्दै बजारमा उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सबै उद्योगहरुलाई सचेत गराएको छ।







प्रतिक्रिया