ललितपुर
ललितपुरका नेता पुरुषोत्तम विष्ट (उत्तम) को असामयिक निधन भएको छ ।
नेता विष्टको निधन भएको पुष्टि गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शोक विज्ञप्ती प्रकाशन गरेर श्रद्धाञ्जली दिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय विष्टको गत मंसिर २३ गते निधन भएको हो ।
स्वर्गीय विष्ट ललितपुर जिल्लाको कम्युनिष्ट आन्दोलनमा एक ’सरल र निष्ठावान’ नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले तत्कालीन जनयुद्ध कालदेखि नै त्याग र समर्पणको राजनीति सुरु गर्नुभएको थियो। पछिल्लो समय एकीकृत जनक्रान्तिको प्रक्रियामा उहाँको भूमिका महत्वपूर्ण रहेको पार्टीले जनाएको छ।
सामाजिक रूपान्तरण र परिवर्तनका पक्षमा अविचलित उभिने विष्टलाई पार्टीले एक ’सादा जीवन र उच्च विचार’ बोक्ने नेताका रूपमा चित्रण गरेको छ।
माओवादीका जिल्ला इन्चार्ज विपिन सी द्वारा जारी
विष्टको निधनबाट ललितपुर जिल्लाको कम्युनिष्ट एवम् सामाजिक रूपान्तरणको आन्दोलनले एक असल अभिभावक र नेता गुमाएको भन्दै उनले देखाएको क्रान्तिकारी मार्ग र योगदानलाई इतिहासले सदैव स्मरण गरिरहने उल्येख छ ।







प्रतिक्रिया