२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘बफेलो एट्’ ले किन्यो हरिवंश आचार्य स्टारर ‘भूठान’ को विश्वब्यापी अधिकार



काठमाडौं । अमेरिकी वितरण कम्पनी ‘बफेलो ८’ ले अस्कर र एमी मनोनित अभिनेता ब्रुस डर्न अभिनीत भूटानी-नेपाली-अमेरिकी फिल्म “द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान” को विश्वव्यापी अधिकार सुरक्षित गरेको छ।

यससँगै फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ। नेपालीमा ‘भूटान’ नामाकरण गरिएको यो फिल्म नेपालका हलमा पहिले नै प्रदर्शन भइसकेको छ।

फिल्ममा डर्नसँगै नेपाली दिग्गज कलाकार हरिवंश आचार्य र दयाहाङ राई पनि अभिनय गरेका छन्। विनोद पौडेल निर्देशित फिल्म ओहायोको एक्रोनमा सेट गरिएको छ र विष्णु नामक पात्र हरिवंश आचार्यमा केन्द्रित छ। विष्णु, जो भूटानी नेपाली हुन्, अमेरिकामा नयाँ जीवन निर्माण गर्छन् र अन्ततः भूटान फर्कने सपना देख्छन्। तर भिसा अस्वीकृत भएपछि उनको अप्रत्याशित मृत्युले परिवारका तीन पुस्तामा आध्यात्मिक, भावनात्मक र सांस्कृतिक रुपान्तरण ल्याउँछ।

फिल्मले परिवारका सदस्यहरूलाई विष्णुको सम्मान र “घर” को वास्तविक अर्थबारे बहस गर्न प्रेरित गर्छ।

‘बफेलो ८’ टीभीओडी र अन्य डिजिटल प्लेटफर्ममार्फत फिल्म प्रदर्शनको सुरुवात गर्नेछ। जनवरी ९, २०२६ मा अमेरिकामा अन-डिमान्ड रिलिज हुनु अघि डिसेम्बर २६ देखि फ्यान्डाङ्गो एट होम मार्फत प्रि-अर्डर उपलब्ध हुनेछ।

फिल्म अमेजन, फ्यान्डाङ्गो एट होम, भेरिजोन फियोस र प्रमुख केबल प्रदायकहरूमा रिलिज हुनेछ, साथै थप डिजिटल प्लेटफर्ममा पनि उपलब्ध गराइनेछ।

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।