२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा डेराकोठा चोरी गर्ने गिरोह पक्राउ



भक्तपुर । भक्तपुरमा डेराकोठामा चोरी गर्ने १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछापको मन्थली नगरपालिका–१३ का २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेल खड्का गाउँका २२ वर्षीय सरोज भुजेल, उदयपुरबाट बसाइँ सरी सुनसरी घर भएका ३० वर्षीय दीपक गहतराज, मोरङका ३५ वर्षीय विशाल विश्वकर्मा, सिन्धुपाल्चोककी ३८ वर्षीया सरस्वती पुरी, भोजपुरका ३१ वर्षीय सरोज राई, भक्तपुरका ३१ वर्षीय सुजन दाहाल, भारतका ३७ वर्षीय सुबरत मेटिया, सिन्धुलीका २५ वर्षीय सुमन दर्नाल र ओखलढुंगाका २३ वर्षीय सुवास विश्वकर्मा रहेका छन्।

उनीहरूलाई गत कार्तिक २१ गते मध्यपुर थिमी नगरपालिका–१ मनोहरा फाँटस्थित गंगा बस्नेतको डेराकोठामा चोरी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट विभिन्न सुन तथा चाँदीका गहना बरामद गरिएको छ। चोरी गरिएको सुन पगालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेजुले जानकारी दिए। उनका अनुसार पक्राउ परेकामध्ये दुई जना सुन पसल सञ्चालकसमेत रहेका छन्।

https://www.youtube.com/@lalitkhabar

प्रहरीले विशाल विश्वकर्माको न्यू क्रिस्टिना ज्वेलर्स, जडिबुटीबाट ०.८०४ तोला र दीपक गहतराजको रोजल खोटाङ ज्वेलर्स, जडिबुटीबाट ०.८०३३ तोला गालेको सुन बरामद गरेको छ। साथै सरस्वती पुरीको कोठाबाट २९ लालको सुनको तिलहरी पनि बरामद भएको छ।

त्यसैगरी, अर्का आरोपी सरोज राईको कोठाबाट पञ्चधातु जडित सुनको बाला, चाँदीको पाउजु र साँदा–कल्ली बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।