काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले १३५० एम्पुल लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। गोकर्णेश्वर नगरपालिका–६ नारायणटार क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २०८२ मंसिर २६ गते साँझ ८:३० बजे चेकजाँचका क्रममा सर्लाही बागमती नगरपालिका–२ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन घलान र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका घर भई काठमाडौं गोकर्णेश्वर–६ नारायणटार बस्ने ४० वर्षीय बाबु लामालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक चेकजाँचमा रोशन घलानको साथबाट चार सेट र बाबु लामाको साथबाट एक सेट एम्पुल फेला परेको थियो। त्यसपछि रोशन घलानको कोठा खानतलासी गर्दा PHENAGAN ४५० एम्पुल, DIAZEPAM ४५० एम्पुल र BUPRENORPHINE ४५० एम्पुल गरी जम्मा १३५० एम्पुल (४५० सेट) लागूऔषध बरामद गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।







प्रतिक्रिया