३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेयर बालेनको पहलमा काठमाडौंमा ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता



काठमाडौँ
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू मेयरको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २ सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् ।
महानगरको ३१औँ स्थापना दिवसको अवसरमा मेयर शाहले महानगरको लक्ष्य रु दुई खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गर्ने योजना रहेको जानकारी दिए । मेयर शाहले रु ९१ करोड लागतको सम्पदा संरक्षणको काम गरेको बताए । दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रको रुपमा तोकिएको उनले जानकारी दिएका छन् ।

रु पाँच अर्ब चार करोडको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका मेयर शाहले बताए । उनका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहितको सहभागिता थियो । कार्यक्रममा विभिन्न वडाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । काठमाडौँ महानगरले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०८२, सोमबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।