१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरपालिकाको ३१औँ महानगर दिवसमा स्रष्टा सम्मान



काठमाडौं। काठमाडौँ महानगरपालिकाको ३१औँ महानगर दिवसको अवसरमा टुँडिखेलमा आयोजित मूल समारोहमा देशको प्रतिष्ठा र विकासमा योगदान पु¥याउने १५ जनालाई सम्मान गरिएको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सम्मानित व्यक्तित्वहरूलाई सम्मान प्रदान गरेका थिए ।

यसरी सम्मानित हुनेमा सांस्कृतिक अध्येता तथा नेवाः मानवअधिकारकर्मी प्रा. डा. चुन्दा बज्राचार्य, वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौत्तम, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, शिक्षाविद प्रा. डा. केदारभक्त माथेमा, वरिष्ठ कलाकार बसुन्धरा भुषाल, नेपाली क्रिकेटर सोमपाल कामी, महिला भलिवल क्याप्टेन जेनिशा विश्वकर्मा, युरोलोजिष्ट डा. सञ्जय खड्गी, साहित्यकार प्रकाश सायमी, पौडी खेलाडी नयना शाक्य, फिफा पूर्व रेफ्री ज्ञानुराजा श्रेष्ठ, ललितकलाकर्मी गोविन्दलाल डंगोल, पावर लिफ्टिङ् खेलाडी रुवी श्रेष्ठ, महिला क्रिकेटर इन्दु बर्मा र समाजसेवी रञ्जनलाल श्रेष्ठ रहेका छन्।

उहाँहरूलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको छ।

काठमाडौँ महानगरपालिकाको इतिहासमा १९७६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डा महत्त्वपूर्ण चरणको रूपमा रहेको छ भने ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई महानगर घोषणा गरिएको थियो। यही दिनलाई काठमाडौँ महानगर दिवसका रूपमा हरेक वर्ष मनाइने गरिएको छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।