ललितखबर
दक्षिण ललितपुरको पहाडमा अहिले पनि मोवाइलको नेटवर्क र डाटा नचल्ने समस्या छ । नेपाल टेलिकमको सेवामा समस्या, फोन नलाग्ने, डाटा नचल्ने, बत्ती जानासाथ नेटवर्क नलाग्नेजस्ता समस्याले स्थानीयहरुकोे जनजीवन नै प्रभावित बनेको छ ।
जनताले वर्षौँदेखि भोग्दै आएको यो समस्या समाधानका लागि महाँकाल गाँउपालिकाकी उपाध्यक्ष डोल्मामायाँ गोले निरन्तर पहल गरिरहेको दाबी गर्छिन् ।
भन्छिन्, ‘म सञ्चार समस्याको समाधानका लागि म विगत २ वर्षदेखि निरन्तर पहल गर्दै आएको छु।’
उनले भर्खरै नेपाल टेलिकम निमित्त कार्यकारी निर्देशक रिना डङ्गोल सहित विज्ञ प्राविधिक सहितको टोलीसँग प्रत्यक्ष छलफल गरेकी छन् । केही ठाउँमा नयाँ टावर थप्ने, यस क्षेत्रमा भएका टावर क्षेमता अपग्रेड गर्ने र सेवा सुधारका लागि प्राविधिक टोली फिल्डमा खटिने आश्वासन आफूले पाएको उनी बताउछिन् । भन्छिन्, ‘फाइबर नेट विस्तारका लागि सर्वे टोली पठाउने प्रतिबद्धता पनि आएको छ। नेपाल टेलिकमले अब परिणाम देखिनुपर्छ, जनताले सहज तरिकाले सेवा लिन पाउनुपर्छ।’








प्रतिक्रिया