ललितखबर
राजधानीको एक चलचित्र भवनमा आइतबार चलचित्र पहाडको प्रिमिमियरमा अभिनेता विपिन कार्की पुगे । दर्शकहरुको भीडमा कलाकार कार्कीको आर्कषण वेग्लै थियो । सहकर्मी कलाकार अनि उनका शुभेच्छुकहरु पटक पटक घेरा हाल्थे, सेल्फी खिचाउथे हाल खबर सोध्थे । आफ्नो प्रशंसकहरुसँग विपिन घुलमिल हुँदै रमाएका देखिन्थे ।
facebook.com/reel/1858742651327990?s=single_unit
प्रिमियरमा थुप्रै पत्रकार र संचारकर्मीहरुले विपिनको कामको विषयमा जिज्ञासा राखेका थिए । उनी आफ्नो मेहनत र कलात्मक चेतलाई चलचित्र क्षेत्रले गम्भिर रुपमा नलिएको गुनासो सुनाइरहेका थिए ।
करिव दुई घण्टा लामो चलचित्र हेरेपछि सहभागीले उनलाई घेरा हाले । पहाडमा उनले निभाएको राजा चरित्रलाई सबैले प्रशंसा गरे ।
प्रिमियरमा आफ्नो कामको प्रशंसा सुनेर फुरुङ विपिनको अनुहार उज्यालो देखिन्थ्यो । उनी सबैलाई धन्यवाद दिइरहेका थिए ।
चलचित्रको रिभ्यूका क्रममा उनी पत्रकार एवं सञ्चारकर्मीहरुको घेराउनमा परे । पत्रकारहरुको प्रश्नलाई सहज र हाद्र्धिकताका साथ उत्तर दिइरहेका भन्दै थिए, जीवनमै पहिलो पटक शुभेच्छुकहरुको प्रशंसाले खुशी छु । मैले पनि राम्रो काम गरेको रहेछु कि क्या हो जस्तो लागेको छ ।
तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा विपिन फरक भूमिका र चरित्रमा देखिएका छन् । भारतीय मुलका नेपाली चरित्रमा उनको भारतीय अनि नेपाली मिश्रित संवादसँगै रमाइलो भेषभुसाले रमाइला क्षणहरु श्रृजना गरिएको छ ।








प्रतिक्रिया