दमौली पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी २ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको निधन भएको छ ।
भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी २ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।
शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान निधन भएको होे ।








प्रतिक्रिया