१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोदावरी नगरपालिका चौथो वर्षमा प्रवेश


२७ फाल्गुन २०७६, मंगलबार  

0
Shares

२७ फाल्गुन०७६,ललितपुर ।ललितपुरको गोदावरी नगरपालिका स्थापना भएको आजबाट चार वर्ष शुरु भएको छ । स्थापना दिवसको अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले सम्पूर्ण नगरवासीको सुख र शान्त्तिको कामना गर्नुभएको छ ।

त्यस्तैगरी चीनको वुहानबाट विश्वभर फैलिँदै गरेको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणलाई मध्यनजर गर्दै सो नगरपालिकाले आफ्नो स्थापना दिवसको दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने महर्जनले बताउनुभयो । उहाँले सदैव आफूलाई साथ र सहयोग गर्ने जनताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

https://www.youtube.com/@lalitkhabar

“नमूना नगर बनाउन वडास्तरीय योजना धमाधम अघि बढाइरहेका छौँ”, महर्जनले भन्नुभयो, “नगरवासीको शिरलाई उच्च बनाउने काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।” सो अवसरमा नगरपालिकाले आज सार्वजनिक बिदा पनि दिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  २ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।