१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीकाे गर्न माग   



१४ जेठ ०७८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि भएको घटनाको भत्र्सना गर्दै घटनामा सम्लग्नलाई कारवाही गर्न माग गरेका हुन् ।
उनले घटनामा सम्लग्नलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि (सहित) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धि ऐन २०६६ अनुसार कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । यही जेठ १३ गते राती एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उहाँले सङ्क्रमणको महामारीमा रोकथाम, नियन्त्रण र उपचारको सबभन्दा भरपर्दो सारथी स्वास्थ्यकर्मी भएकोले उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने सुरक्षित वातावरण बनाउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।