१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चोरी भएको पैसा र चाँदीको सिक्रीसहित एक जना पक्राउ



स्केज: कोपिला दुलाल/ललितपुर खबर

२६ जेठ ०७८, मोरङ । विराटनगर महानगरपालिका ८ विश्वकर्मा चौक बस्ने २२ वर्षीय अनिल कुमार यादवलाई चोरीको सरसामानसहित बुधबार बिहान प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका ८ अमर टोल बस्ने ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट गएराति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चोरी भएको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले यो सरसामान अनिल कुमारको घरमा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।