१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न तीन जिल्लाका सिडिओकाे बैठक बस्दै



३० जेठ ०७८, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्।

निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बैठकमा बस्न लागेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए।

उनका अनुसार आइतबार दिउँसो दुई बजे बैठक बस्न लागेको हो।

अहिले जारी निषेधाज्ञा सोमबार सकिँदैछ। त्यस अगावै छलफल गरेर आदेश जारी गर्ने प्रशासनको तयारी छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।