
३१ जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ६०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६०७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ३९६, ललितपुरका १४५ र भक्तपुरका ६६ जना छन्। काठमाडौं उपत्यकामा ८१८२, भक्तपुरमा २४३४ र ललितपुरमा ३४४२ सक्रिय संक्रमित छन्।







प्रतिक्रिया