१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप २८२८ मा कोरोना पुष्टि



२ असार ०७८, काठमाडौं । नेपालमा २४ घन्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ८ हजार ६८७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १४ जनामा र ४ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ३ हजार ८२ जना निको भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ।

काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौ ३५४ जना, ललितपुरका ६६ र भक्तपुरका ७९ जना छन्।

हाल देशभर सक्रिय संक्रमित १०.१२ प्रतिशत रहेको छ।

यो अवधिमा थप ५२ जनाको कोरोना संक्रमणबाट निधन भएको छ। योसँगै मृतकको कुल संख्या ८ हजार ५५८ पुगेको छ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।