
५ असार ०७८,सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका ७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।
कोरोनाका कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।







प्रतिक्रिया