२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चन्द्रागिरिमा पहिरोले पुरिएर एकैपरिवार तीन जनाको मृत्यु



२१ असोज ०७९, काठमाडौं ।  केही दिन देखि निरन्तर परेको बर्षाका कारण काठमाडौंको चन्द्रागिरिस्थित ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका– २ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताए ।‘राति १२ बजे पहिरो खसेको रहेछ, उनले भने, अहिलेसम्म तीन जनाको शव भेटिसकेको छ । अरु पनि छ कि भनेर खोजी हुँदैछ ।’

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।