२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


उम्मेदवारी खारेजीनिर्णयविरुद्ध आज सर्वोच्च अदालत जाँदै तोसिमा कार्की




१४ कात्तिक ०७९, काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा‍‍.तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।