काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४७.९३ अंकले घटेर २,९५४.१४ विन्दुमा झरेको छ। आजको बजारमा अधिकांश सूचक राताम्य भएका छन्। विशेषगरी विकास बैंक र माइक्रोफाइनान्स समूहका शेयरहरू ३ प्रतिशतभन्दा बढीले घटेका छन्। ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य आज ८ प्रतिशतभन्दा धेरैले घट्दा लगानीकर्ताले…