तामाङ समुदायको बिहेमा गीत गाउनका लागि डम्फु अनिवार्य हुन्छ तर एउटा आफन्तको बिहेको निम्तो मान्न जाने बेलामा जरकिन बजाएर गीत गाएको देखेपछि डम्फुको अभाव खड्किन नदिनका लागि मैले डम्फु बनाउने उद्योग सञ्चालन गरेको हुँ २५ असार । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आएका छन् । तामाङ…