९ मंसिर ०७९, काठमाडौं । सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । कोभिड-१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले निम्त्याएको मूल्यवृद्धिले वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना भएसँगै सहकारी क्षेत्रमा गम्भिर संकट देखा परेको छ । थप ऋण दिन नसक्ने अवस्थामा सहकारी पुगेपछि…