१६ वैशाख ०७९ ललितपुर । प्रहरीले ललितपुरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। बर्दिया बारबर्दिया नगरपालिका-१ जमुनिया घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएका ३४ दिनेशभक्त वलीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। उनका अनुसार वलीले पीडितलाई विभिन्न बैंकको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले…