२३ भदौ ०७८,काठमाडौं । काठमाडौंको शंखमूल करिडोरमा सुविधायुक्त ‘झिर सेकुवा रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । बुधबार रेस्टुरेन्ट उदघाटन भएको हो । ‘मीठो र सस्तो सेकुवा’ भन्ने स्लोगानसहित मासुका पारखीका लागि सेकुवा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक सञ्जीव तिमल्सिनाले बताए । बेलायत छाडेर उनी नेपाल आएका उनले सेकुवा रेस्टुरेन्ट व्यवसायलाई बृहतर ढंगले अघि बढाउने जानकारी दिए ।