२५ जेठ ०७८, काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्जको कारोबारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जकाका अनुसार नेप्से परिसूचक ५३.४४ बिन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुगेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.४७ बिन्दुले उकालो लागेर…