काठमाडौँ अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ । डलरको मूल्य बढेसँगै बजारभाउ महँगिने चिन्ता बढेको छ । आयातमा आधारित नेपाली अर्थतन्त्रमा डलरको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर पर्ने गरेको छ…